विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छः गृहमन्त्री लेखक
काठमाडौं | गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री उनले मनसुनजन्य विपद्को पूर्वानुमान भए पनि पनि भूकम्प र आगलागीको पूर्वानुमान नहुने बताए।
‘जुनसुकै बेला जेसुकै हुन सक्छ। त्याे मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्काे पूर्वानुमान हुन्छ। तर, भूकम्प र आगलागीकाे पूर्वानुमान हुँदैन,’ उनले भने, ‘हामी मनसुनकाे पूर्वसन्ध्यामा छाैँ। मनसुन सक्रिय भएपछि बाढी र पहिराे आउँछ। त्यसकाे पूर्वतयारीमा हामी तयार रहनुपर्छ।’विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए |
‘विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ,’ उनले भने ।
अहिले बाढी(पहिलो र डुवानको जोखिम न्युनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ थियो ।
‘मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुप¥यो। समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ। जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ,’ उनले भने।
यसपटक पहिलेकोभन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोशाक, महँगी भत्तामा कुनै समस्या नहुने उनको भनाइ थियो । यस्तै नेपाल प्रहरीको ऐन संशोधनका लागि सङ्घीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरू हुने गृहमन्त्री लेखकले बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
- ६ संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
- ७ करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस