Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ अन्तराष्ट्रिय ∕ विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबिच सम्झौता

    विद्युत वितरण सुदृढीकरणका लागि नेपाल र जर्मनी सरकारबिच सम्झौता


    काठमाडौं/ ५ मंसिर, नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको छ ।

    मङ्गलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र सङ्घीय गणतन्त्र जर्मनीको तर्फबाट राजदूतावासबिच सम्झौता भएको हो ।

    सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

    जर्मनी सरकारले नेपाललाई अनुदान सहायता स्वरूप १० मिलियन युरो अर्थात् एक अर्ब ४६ करोड रुपियाँ उपलब्ध गराउन सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले नेपालको विद्युत वितरण पूर्वाधारलाई सुदृढ पार्ने र थप प्रभावकारी विद्युत आपूर्ति सुनिश्चित गर्न जलवायु–अनुकूल प्रविधिहरू लागू गर्ने लक्ष्य राखेको छ ।

    उक्त अनुदान रकम भरतपुर (बागमती प्रदेश), बुटवल-भैरहवा (लुम्बिनी प्रदेश) र पोखरा (गण्डकी प्रदेश) लगायतका नेपालका प्रमुख क्षेत्र विकासका लागि केन्द्रित हुनेछ । कार्यक्रमले नेपाल विद्युत प्राधिकरणलाई विस्तृत सम्भाव्यता अध्ययन तयार गर्न र विद्यमान विद्युत वितरण प्रणालीलाई आधुनिक, जलवायु स्मार्ट प्रविधिसहितको स्तरोन्नति गर्न सहयोग गर्नेछ ।

    सो परियोजना जर्मनीको विकास बैङ्कमार्फत जर्मन वित्तीय सहयोग एफसीको रूपमा कार्यान्वयन गरिने र आधिकारिक कार्यान्वयनका लागि रेड बुकमा प्रतिबिम्बित हुँदै नेपाल सरकारको बजेट प्रणालीमा एकीकृत गरिने सम्झौता उल्लेख छ । कार्यक्रम सन् २०२५ बाट सुरु हुने छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रुसद्वारा युक्रेनमाथि भीषण मिसाइल र ड्रोन वर्षा: ३ बालबालिकासहित १२…

    काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    नाइजेरियामा सैनिक विमान दुर्घटना: २५ जनाको मृत्यु, राष्ट्रपतिद्वारा राष्ट्रिय शोक…

    काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    Techie IT