Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिविद्युत् निर्यात बढ्दैमा ऊर्जा क्षेत्र पूर्ण सफल भएको मान्न मिल्दैन : मन्त्री श्रेष्ठ

    विद्युत् निर्यात बढ्दैमा ऊर्जा क्षेत्र पूर्ण सफल भएको मान्न मिल्दैन : मन्त्री श्रेष्ठ


    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् निर्यात बढ्दैमा नेपालको ऊर्जा क्षेत्र पूर्ण रूपमा सफल भएको मान्न नमिल्ने बताएका छन् ।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको तथ्य सही भएको बताए ।

    उनले विद्युत् निर्यातलाई सकारात्मक उपलब्धिका रूपमा लिए पनि ऊर्जा क्षेत्रका अन्य चुनौतीलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    मन्त्री श्रेष्ठका अनुसार नेपालको जलविद्युत् उत्पादन प्रणाली मुख्यतः नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा नदीमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन उच्च हुन्छ । यस समयमा आन्तरिक मागभन्दा बढी विद्युत् उत्पादन हुने भए पनि स्वदेशमै खपत गर्ने पर्याप्त पूर्वाधारको अभावका कारण विद्युत् खेर जान नदिन भारत र बंगलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    यता, सुख्खायाममा नदीको बहाव घट्दा विद्युत् उत्पादन कम हुने भएकाले अझै पनि भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे ।

    उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले करिब १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो । विद्युत् आयात र निर्यातको अवस्थाले उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीलाई समेत थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखाएको मन्त्री श्रेष्ठको भनाइ छ ।

    मन्त्री श्रेष्ठले विद्युत् निर्यात र स्वदेशी विद्युत् आपूर्तिलाई एकअर्काको विरोधाभासका रूपमा बुझ्न नहुने बताए । ऊर्जा क्षेत्रका समस्या उत्पादन, प्रसारण र वितरण प्रणालीसँग सम्बन्धित छुट्टाछुट्टै चुनौतीका रूपमा पहिचान गरी समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

    आगामी दिनमा स्वदेशी विद्युत् खपत बढाउने पूर्वाधार विस्तारसँगै प्रसारण तथा वितरण प्रणालीको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

    नेपालमा उत्पादित विद्युत्को दिगो व्यवस्थापनका लागि आन्तरिक खपत विस्तार र अन्तर्राष्ट्रिय बजारमा विद्युत् निर्यातलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT