विद्यालय मेलम्ची १ भोटेचौरको ६२औं बार्षिक उत्सव तथा ३९ औं अभिभावक दिवस सम्पन्न
सिन्धुपाल्चोक/ माघ ,श्री सरस्वती माध्यमिक विद्यालय मेलम्ची १ भोटेचौरको ६२औं बार्षिक उत्सव तथा ३९ औं अभिभावक दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य तथा उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले शिक्षामा गुणस्तरीयता ल्याउनका लागी नगरपालिकाले प्याकेजमा विभिन्न कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।
उहाँले विद्यालयको भवन निर्माणका लागी एक करोड रकम विनियोजन गरेको जानकारी दिदैं २ करोड ५ लाखको बहुबर्षिय ठेक्का आह्वान गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख तामाङले विद्यालयमा कम्प्युटर ल्याब,पुस्तकालय लगायतका सामग्री मर्मतसम्भार तथा स्तर वृद्धिका लागी आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख उमा प्रधानले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी आवश्यक पर्ने सहयोगका लागी नगरपालिका तयार रहेको प्रतिबद्धता जाहेर गर्नुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमार चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक पदमबहादुर कार्कीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष चौलागाईंले विद्यालयको बर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै आगामी दिनमा आवश्यक सहयोगको माग गर्नुभयो । उहाँले विद्यालयको भवन निमार्णको लागी बजेट विनियोजन गरेकोमा नगरपालिकालाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षक संघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडा, समाजसेवी अग्रज जिवनलाल शर्मा पौडेल , बद्रि प्रसाद चौलागाईं, मित्र लाल चौलागाई, हर्क बहादुर तामाङ लगायतले शिक्षा सुधारका लागि आवश्यक सुझाप राख्नु भएको थियो विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरु भाई बहिनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस