Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठप्रबिधिविदेशी कम्पनीको माग अनलाइनमै हेर्न मिल्ने

    विदेशी कम्पनीको माग अनलाइनमै हेर्न मिल्ने


    काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरु अहिले माग (डिमान्ड)हरुबारे जान्न म्यानपावरमा चाहार्न बाध्य छन्, अब भने त्यसो गर्नुनपर्ने भएको छ । वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको छ ।

    विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुन देशका कुन कम्पनीका कस्ता कामका लागि माग आएका छन् भन्ने अब विभागको अनलाइन https://foreignjob.dofe.gov.np/मा हेर्न सकिने बताए ।

    ‘दलालहरुले आकास पातल जोडेर, बढाई चढाई गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भईरहेको छ,’ भुसालले भने,’ अब विदेशमा जान चाहेको काम र सीपको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको नाम राखेर अनलाइनमा हेर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्छ ।’

    वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरु अब दलालले दिएको आश्वासनको भर पर्नु नपर्ने उनले बताए । विभागको वेबसाइटमा गएर काम, दाम, कामदार लैजाने कम्पनी, पठाउने म्यानपावर एजेन्सी सबैको विवरण प्राप्त गर्नेछन् ।

    हाल म्यानपावर कम्पनी र दलालहरुले कामदारलाई विभिन्न आश्वासन दिएर पासपोर्ट र रकम होल्ड गर्ने क्रम बढेको छ ।

    यस्तो अवस्थामा कामदारले आफू जान लागेको देश, कम्पनी वा पठाउने म्यानपावरको पूर्व श्रम स्वीकृतिको विवरण विभागको वेबसाइटमा गएर सजिलै छड्के जाँच गर्न सक्छन् । यसबाट ठगी नियन्त्रणमा महत्वपूर्ण सफता मिल्ने आशा सरकारको छ ।

    आफू जान लागेको काम कुन प्रकृतिको हो, कति न्युनतम् तदलब ब्यारेन्टी गरिएको छ, भनेजस्तै सुविधा छ/छैन लगायतका विवरण हेर्न सकिने गरी यो प्रविधिको विकास गरिएको छ ।

    यस्तै कुनै देश छनेट गरे त्यस देशका लागि कुन म्यानपावरमा कति जनाको कस्तो प्रकतिको माग आएको भन्ने पनि पत्ता लगाउन सकिने छ । यसबाट कामदारलाई पर्याप्त लाभ मिल्ने विश्वास सरकारको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना

    काठमाडौं । एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै

    आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

    काठमाडौं ।आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।प्रत्येक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिन्छ

    सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन :मन्त्री…

    ललितपुर।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुने बताएका

    ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह

    काठमाण्डाै |  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ ।

    ‘७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइन्छ’

    काठमाडौँ|सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा राष्ट्रिय

    एआई शिक्षासम्बन्धी पाँचौं संस्करणकाे कार्यक्रम ललितपुरमा हुने

    ललितपुर/११ पुस: एआई शिक्षासम्बन्धी पाँचौं संस्करणकाे कार्यक्रम ललितपुरमा हुने भएको छ। नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी)ले बुधवार ललितपुरमा

    Techie IT