विकास निर्माणमा कांग्रेसले कसैसँग कुनै सम्झौता गर्दैन : डा महत
नुवाकाेट/ ७ कातिक, नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विकास निर्माणमा कसैसँग कुनै सम्झौता नहुने बताउनुभएकाे छ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्ती कार्यक्रमको मंगलबार शुभारम्भ गर्दै विकास निर्माणका लागि कुनै सम्झौता नहुने बताउनु भएको हाे। उक्त सडक निर्माणको ठेकेदार कम्पनीलाई सुझाव दिँदै उहाँले तोकिएको मितिमा काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न आग्रह गर्न भएको छ । पूर्व अर्थमन्त्री डा. महतले सडक पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै काम गरिसकेपछि कामको भुक्तानी समयमा दिन र अनेक बहाना नगर्न पनि आग्रह गर्नुभयाे।
डा. महतले माओवादी नेताहरुले उक्त सडक निर्माण गर्ने भन्दै धेरै पटक शिलान्यास गरेको तर बजेट हाल्न नसकेकोप्रति इंगित गर्दै भन्नुभयाे,”बर्षामान पुन जी अर्थमन्त्री र हितबहादुर जी पर्यटन मन्त्री बन्नुभयो, तर उहाँहरुले नुवाकोटका लागि कहाँ बजेट राख्नुभयो त जानकारी पाउन पाए हुन्थ्याे ?” नेता महतले काम गर्न नसक्ने र नगर्ने तर आफूले गरेको भनेर धाक लगाउने गरेको भन्दै जनतालाई भुक्याएर राजनीति नगर्न पनि चेतावनी दिनुभयाे ।
डा. महतले कांग्रेसका नेता कार्यकर्तालाई कांग्रेसले गरेको कामलाई सकारात्मक रुपमा प्रचार गर्न पनि निर्देशन दिनुभयाे । उहाँ राजनीतिक दल जनताको सेवा गर्ने साधक मात्र भएको भन्दै पार्टी लाई नै सेवा गर्नुपर्ने भयो भने त्यो पार्टी हुन नसक्नेपनि उल्लेख गर्नुभयाे
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेशसभा सदस्य रमेश महत, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलिया, पूर्व अध्यक्ष रामकृष्ण थापा, कांग्रेस नेतृ अप्सरा थापा लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियाे । डा. महतको पहलमा उक्त सडक निर्माणका लागि संघीय सरकारको अनुदानमा कालोपत्रे गर्ने काम सुरु भएको हो । एक वर्षभित्र सडकको काम सम्पन्न गर्नेगरि ठेक्का प्रक्रियामा सम्झौता भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ६ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ७ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि

तपाईको प्रतिक्रिया दिनुहोस