विकासका बारेमा सबैकाे एक मत हुनुपर्छ : पूर्वमन्त्री बस्नेत
सिन्धुपाल्चोक । पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले विकासका बारेमा सबैको एक मत हुनुपर्ने धारणा राखेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत मेलम्ची नगरपालिकाको सिन्धु भ्याली स्थित वडा नं ३ हैबुङ्ग स्वास्थ्य चौकीको भवन समुद्घाटन समारोहमा मन्तव्य राख्दै पूर्वमन्त्री बस्नेतले चुनावको बेलामा मात्रै आआफ्नो घोषणापत्र बोक्ने हो भन्दै विकास गर्ने बेलामा समान धारणा बनाएर एकजुट भइ लाग्नुपर्ने बताए ।
‘कोरोनाको समयमा सरकारले ‘अक्सिजन’ बाँड्न नसक्दा मेरो नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले अक्सिजन सिलिन्डरहरु बाँडेको हो, पदमा हुँदा वा नहुँदा, विकासका काम गर्न पछि पर्नेछैन।’ उनले भने ।
नेता हुनेले के ठिक के बेठीक भन्ने छुट्याउन सक्नुपर्छ भन्दै पूर्वमन्त्री बस्नेतले बनावटी कुरामा भन्दा काममा विश्वास गर्नुपर्ने बताए । स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै पूर्वमन्त्री बस्नेतले स्वास्थ्य चौकी भवन निर्माण तथा स्वास्थ्य सामग्रीहरु व्यवस्थापनका लागि क्रियाशील हुने सबैलाई धन्यवाद व्यक्त गरे ।
संघ, प्रदेश र स्थानीय तहबाट आवश्यकताअनुसार विकासका लागि बजेट व्यवस्थापन हुने बताउँदै उनले सिन्धु ‘भ्याली’ भविष्यको लागि राम्रो आम्दानीको स्रोत हुने पर्यटकीय क्षेत्र हुनसक्ने बताए ।
सिन्धुपाल्चोकबासीको मतबाट जितेर देशको स्वास्थ्यमन्त्री हुने अवसर पाएको बताउँदै पूर्वमन्त्री बस्नेतले आफू मन्त्री भएको बेलामा देशभरका संघीय अस्पतालमा गरिब तथा विपन्नहरुको निशुल्क उपचारका लागि दश प्रतिशत ‘वेडुहरुको व्यवस्थापन गराएको बताए ।
वडाले गरेको सिफारिसका आधार संघीय अस्पतालहरुले गरिब तथा बिपन्नलाई निशुल्क उपचार गरिदिने बताउँदै उनले आफ्नो दश महिने कार्यकालमा संघीय अस्पतालमा ३ हजार पाँच सय ‘जनरल वेड’ हरु निशुल्क बनाएको बताए ।
पूर्वमन्त्री बस्नेतले उपचारका लागि पैसा नभएर अस्पतालको झ्यालबाट हाम फाल्नुपर्ने, विद्यालयको शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने, परीक्षामा असफल भएर आत्महत्या गर्ने अवस्थाको अन्त्य गर्नाका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ५ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ६ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ७ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

तपाईको प्रतिक्रिया दिनुहोस