वर्षाले सिसडोल ल्याण्डफिल्ड प्रभावित, काठमाडौंमा फोहोर ननिकाल्न महानगरको आग्रह
काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ। सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी तथा बिसर्जनमा अवरोध आएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
ल्याण्डफिल्ड साइटको अवस्था प्रतिकूल रहेकाले केही समय फोहोर बिसर्जन प्रभावित हुने महानगरपालिकाले जनाएको छ। त्यसैले महानगरले घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर तत्काल बाहिर ननिकाल्न नगरवासीलाई आग्रह गरेको छ।
महानगरपालिकाले फोहोर व्यवस्थापनमा समस्या देखिएको अवस्थामा सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला तथा खुला स्थानमा जथाभावी फोहोर नफाल्न पनि अनुरोध गरेको छ।
वर्षा कम भई सिसडोलस्थित ल्याण्डफिल्ड साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानीको काम नियमित गरिने महानगरले जनाएको छ।
फोहोरमैला व्यवस्थापनमा असहज अवस्था सिर्जना भएकाले केही समय धैर्य गर्न तथा सार्वजनिक स्थानमा फोहोर नथुपार्न महानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ४ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस