Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन १९ सोमबार

    अपडेट
    गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए


    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्।

    भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार प्रभावित भएको हो।

    मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका अधिकांश मालसामानको भन्सार जाँचपास पूरा भइसके पनि सडक अवरुद्ध हुँदा कन्टेनर गन्तव्यतर्फ पठाउन सकिएको छैन।

    “कोरलानाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० भन्दा बढी कन्टेनर छन्। तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,” चुडालले भने, “भन्सारमा केही कन्टेनर जाँचपासको प्रक्रियामा छन्। त्यो पनि अबको दुई दिनभित्र पूरा हुन्छ।”

    तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोरलानाका पनि वर्षाका कारण प्रभावित भएको उनले बताए।

    सडक अवरुद्ध हुँदा करिब २०० वटा विद्युतीय सवारीसाधनसमेत गन्तव्यतर्फ जान सकेका छैनन्। तीमध्ये १०० भन्दा बढी सवारीसाधन पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकेको बताइएको छ।

    कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले यसअघि दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो। सडक अवरुद्ध भएसँगै व्यापारिक गतिविधिमा समेत असर परेको भन्सार कार्यालयले जनाएको छ।

    कोरलानाकाबाट दसैँ लक्षित तयारी सामग्री, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामग्री, लत्ताकपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गरेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    आर्थिक सुधारका लागि चालु आवमा २७ नयाँ कानुन ल्याउँछौं :…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई गति दिन सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने तयारी गरेको

    नेप्सेमा सामान्य वृद्धि, ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। नेप्से ०.२६ अंकले बढेर

    लाइसेन्स लिएका जलविद्युत् आयोजनाको नियमित अनुगमन गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लाइसेन्स प्राप्त जलविद्युत् आयोजनाको कामको नियमित अनुगमन र फलोअप गर्ने प्रणाली विकास

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    Techie IT