वर्तमान सरकार र बदलिदो परिस्थितिबारेमा आजपाको पत्रकार सम्मेलन भोली
काठमाडौं, २८ असोज आम जनता पार्टी (आजपा) जेन–जी आन्दोलन, वर्तमान सरकार र अहिलेको बदलिदो परिस्थितिबारेमा बुधबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दैछ ।
आजपा अध्यक्ष प्रभु साहको उपस्थितिमा हुने उक्त पत्रकार सम्मेलनमा बदलिएको परिस्थितिबारेमा आजपाको धारणा सार्वजनिक गरिनेछ । यस्तै विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको बारेमा बहस हुँदै गर्दा राष्ट्रियसभा, प्रदेशसभा समेत विघटन गर्नुपर्ने र अन्तरिम सरकारसंगै अन्तरिम संविधान घोषणा गरी जेनजी आन्दोलनको माग सम्बोधन हुनुपर्ने आजपा अध्यक्ष साहले बताउदै आएका छन् ।
शुसीला कार्की नेतृत्वको सरकारको समिक्षा सहित २१ फागुनमा हुने निर्वाचनको बारेमा समेत आजपाले आफ्नो धारणा सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।
सरकारको काम, व्यवहार, निर्वाचन, प्रतिनिधिसभा, अन्तर्राष्टिय चलखेल, जेनजी आन्दोलन, करार कर्मचारी, बाढीपहिरो लगायतका बारेमा आजपाले आफ्नो धारणा सार्वजनिक गर्दैछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- २ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- ३ गल्ती गर्नेलाई कारबाहीको सिफारीस गरिएको छ : आयोग
- ४ राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
- ५ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ६ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ७ सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

तपाईको प्रतिक्रिया दिनुहोस