Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारवर्तमान सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु भनेको ‘गोरूबाट दूध पाउने अपेक्षा’ जस्तै हो – प्रभु साह

    वर्तमान सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु भनेको ‘गोरूबाट दूध पाउने अपेक्षा’ जस्तै हो – प्रभु साह


    काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक रहेको बताएका छन ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक संजाल बन्द गरेर संविधानले प्रदान गरेको अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, संगठित हुने अधिकारको समेत उल्लङ्घन गरेको साहले जनाएका छन ।

    नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु भनेको ‘गोरूबाट दूध पाउने अपेक्षा’ गरे जस्तै भएको टिप्पणी आजपा अध्यक्ष साहले गरेका छन ।

    `सामाजिक संजाललाई बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी एवं आपत्तिजनक छ । यसले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, सङ्गठित हुने अधिकारको समेत उल्लङ्घन गरेकोछ । अहिले २१ औ शताब्दीको सूचना प्रविधिको युगमा सरकारको यो कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । अहिलेको अप्रजातान्त्रिक, अप्राकृतिक एवं अनैतिक गठबन्धनको सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु ‘गोरूबाट दूध पाउने अपेक्षा’ जस्तै हो । यसर्थ अपवित्र गठबन्धनको राजनीतिकलाई अस्विकार गरौ ! लोकतान्त्रिक अधिकारको पक्षमा आवाज बनौ !´ आजपा अध्यक्ष साहले सामाजिक संजाल फेसबुकमा लेखेका छन ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं ।  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं।समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    Techie IT