Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारवरिष्ठ सर्जक गणेश रसिकको श्रद्धाञ्जली सभा सम्पन्न

    वरिष्ठ सर्जक गणेश रसिकको श्रद्धाञ्जली सभा सम्पन्न


    काठमाडौं । वरिष्ठ सर्जक गणेश रसिकको १० औँ दिनको पूण्य तिथिका अवसरमा वासु शशी स्मृति परिषद्ले आज श्रद्धाञ्जली सभा आयोजना गरी रसिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्‍यो ।परिषद्की उपाध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित सो श्रद्धाञ्जली सभामा सर्जकहरु बुलु मुकारुङ्ग र लोचन भट्टराईले रसिकको योगदानको चर्चा गर्नु भयो । साथै गायिका लोचन भट्टराईले गीत पनि गाएर सुनाउनु भयो ।

    परिषद्का सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले रसिकबारे विभिन्न चर्चा गर्दै रसिकको योगदानको चर्चा गर्नु भयो ।सभामा वासुशशी स्मृति परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा कविहरु ठाकुर बेलवासे, रचना सिंह र दिलीप श्रेष्ठले रसिकबारे लेखिएको कविता वाचन गर्नु भएको थियो ।

    श्रद्धाञ्जली सभाको सहजीकरण कवि यादव भट्टराईले गर्नु भएको थियो ।कार्यक्रममा रसिककी छोरी नीरजा रसिक राई, सर्जकहरु मदनदास श्रेष्ठ, शैलेन्द्र साकार, प्रेमराजा महत, पवन आलोक,  श्याम प्रधान, तीर्थ कोइराला, श्रीओम श्रेष्ठ, जयदेव भट्टराई, प्राज्ञ बाबा बस्नेत, प्रा. डा. गोविन्दमान सिंह कार्की, सन्ध्या पहाडी, मुरारी सिग्देल, उद्दव राई, विजयध्वज थापा, सुदर्शन श्रेष्ठ, शेखर ढुंगेल, देविका तिमिल्सिना, विक्रमभक्त जोशी, तारा सुवेदी, पारशप्रकाश नेपाल, राजेश खनाल, जय छाङ्छा, रिता महर्जन, उषा के सी., राधा कार्की, डी. आर. राई., ठुले राई, राजन न्यौपाने, कविता दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    रसिकको ७८ वर्षको उमेरमा २०८२ जेठ १८ गते नेपाल क्यान्सर अस्पताल, हरिसिद्दि, ललितपुरमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा देहावसान भएको थियो ।कविता, कथा, उपन्यास, संस्मरण, निबन्ध लगायत विधामा कलम चलाउनु भएका रसिकका झोडा, क्षितिजलाई छुन खोज्दा, एउटा सारङ्गीभित्र, जब सिस्नुहरु टेक्दै हिंडे, दस गजामा उभिएर जस्ता कृतिहरु प्रकाशित रहेका छन् । यसका अलावा पेरुङ्गो (मुनिया र उसको छोरो, ताराभन्दा सपना धेरै, आकाशगंगाको ओतमुनि, छपक्कै मनमा बसेकाहरु)मा उहाँका कृतिहरु प्रकाशित रहेका छन् ।

    “पाँचौ पिंढी”को सम्पादन गर्नु भएका रसिकका अनेकौ कालजयी गीतहरु प्रकाशित रहेका छन् । कतिपय गीत रचना गर्नु भएका सर्जक रसिकले नेपाली लोक शैलीका गीत र राष्ट्रिय गीतहरुमा आफ्नो स्वर र संगीत दिनु भएको छ । रसिकका घरबेटी नानी आँगनीमा देऊ न मलाई बास, नखेल्नु जुवा र तास,  भाले क्वाँया क्वाँया, ओ याङ्जी नाना, धेरै सम्झे धेरै हुन्छ, हाम्रो घरबाट ट्याम्के डाँडा, ओ शून्यता, रातो जस्ता गीतहरु चर्चामा रहेका छन् ।

    यसरी रसिक गीत लेखन तथा गायनका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । एउटा गीतकार, एउटा सङ्गीतकार र एउटा गायक रसिक भोजपुरको छिनामखुमा वि. स. २००४ असोज ४ गते थुलुङ राई परिवारमा जन्मिनु भएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं।समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    Techie IT