Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारवडा अध्यक्ष रामेश्वर महतोको नेतृत्वमा जेन–जी युवामाथि कुटपिट, गाउँमा तनाव

    वडा अध्यक्ष रामेश्वर महतोको नेतृत्वमा जेन–जी युवामाथि कुटपिट, गाउँमा तनाव


    सर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा वडा अध्यक्षको नेतृत्वमा जेन–जी युवामाथि कुटपिट भएको छ। वडा नं १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका भतिज मुकेश महतो, अजय महतो, अनिल महतो, सहयोगी राम साह, बिजय महतो र शंकर महतोलगायतको समूहले सोही वडा निवासी किसनपुरका जेन–जी युवा विवेकानन्द गुप्तामाथि सामूहिक आक्रमण गरेको छ।

    घटनास्थलका स्थानीयका अनुसार वडा अध्यक्ष महतो पक्षले गुप्ताको घर नै घेराउ गरी कुटपिट गरेको हो। यस घटनापछि गाउँमा तनाबपूर्ण अवस्था सिर्जना भएको छ।

    घटनाको सुरुवात वडा कार्यालयको मोटरसाइकल चोरी विवादबाट भएको बताइएको छ। कार्तिक २ गते आइतवार वडा कार्यालयका सचिव रमन लुइँटेलको मोटरसाइकल वडा अध्यक्ष महतोले प्रयोगका लागि लगेको थिए। तर सो विषयमा सचिवलाई जानकारी नदिई मोटरसाइकल लिइएपछि युवाहरूले सामाजिक सञ्जालमार्फत “वडा अध्यक्षले मोटरसाइकल चोरी गरेका छन्” भन्ने आरोपसहित पोस्ट गरेका थिए।

    सोही सामाजिक सञ्जालमा फैलिएको आरोपको विषयलाई लिएर वडा अध्यक्ष पक्षले जेन–जी युवा गुप्तामाथि कुटपिट तथा गालीगलौज गरेको जेन–जी युवा दिपेश कुमार महतोले जानकारी दिएका छन्।

    वडा कार्यालयका सहयोगी पशुपति महतोले आइतवार राति करिब १० बजे वडा नं १ को कार्यालय खोलदा वडा अध्यक्षले सचिवको मोटरसाइकल त्यहाँ राखेका थिय। त्यसपछि वडा अध्यक्षले आफ्नो निजि मोटरसाइकल फिर्ता लगेको बताइन्छ।

    घटनापछि जेन–जी आन्दोलनका घाइते नेता उदय प्रकाश साहको नेतृत्वमा युवाहरूले वडा अध्यक्ष रामेश्वर महतोमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले वडा अध्यक्ष पक्राउ पर्नुपर्ने मागसहित नारा बाजी गरेका छन्।

    जिल्ला प्रहरी कार्यलयका प्रवक्ता सरोज राइले घटनाको अनुसन्धान सुरु गरेको बताउनुभयो । उहाले अहिले अवस्था समान्य भएको र दुबै पक्षलाई छलफलको लागि बोलाइएको जानकारी दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं।समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    Techie IT