लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा गुरुङ निर्वाचित
सिन्धुपाल्चोक । नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोकको अध्यक्षमा विश्वराज गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । मेलम्चीमा शुक्रबार भएको संघको पहिलो अधिवेशनले यसअघि संयोजक रहेका गुरुङकै नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा युनिक तामाङ र सिर्जना भड्ताल रहेका छन् । यसैगरी सचिवमा लालबहादुर श्रेष्ठ, सह सचिवमा दीपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश न्यौपाने सर्वसम्मत चयन भए ।
सदस्यहरुमा विजय लामा, आकाश तामाङ, सुजन ज्योती, रुपक ठकुरी, छिरिङ घलान, सञ्जय लामा, किशोर पुरी, टासी बाइबा। नारायण देउजा, भुवन श्रेष्ठ, बच्चु घतानी, मनोज खड्का, राजकुमार गोले, सविन तामाङ, रामबहादुर तामाङ, राजेश कार्की र नविन तामाङ रहेका छन् । त्यसअघि नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले अधिवेशन उद्घाटन गरेका थिए । सो अवसरमा बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलाडी र खेलकर्मीको भूमिका रहेको बताउँदै नेपाली कांग्रेसले खेल क्षेत्रलाई उच्च महत्व दिएको बताए ।
खेलाडी र युवाहरुलाई संगठित गर्दै देशमा भएको वेथिति र विसंगतिविरुद्ध आवाज उठाउनु पर्नेमा पनि बस्नेतले जोड दिए । यसैगरी, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले महाधिवेशनका लागि तयारी भइरहेको जानकारी दिँदै सर्वसम्मत नेतृत्व चयनले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । अहिले पनि खेल र खेलाडीलाई राज्यले उपेक्षा गरेको बताउँदै त्यसका लागि खवरदारी जरुरी रहेको उनको भनाई छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेताहरुले आगामी दिनमा लोकतान्त्रिक खेलकुद संघले संगठनलाई चलायमान बनाउँदै पार्टीलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।
अधिवेशनका अवसरमा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई चिनाउन महत्वपूर्ण योगदान गर्ने २० जनालाई नगदसहित सम्मान गरिएको थियो । लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेसको कान्छो भ्रातृ संगठन हो । अहिले केन्द्रीय महाधिवेशनको संघारमा रहेकाले विभिन्न जिल्लामा अधिवेशनहरु भइरहेका छन् । ७७ मध्य अहिलेसम्म ५५ जिल्लाको अधिवेशन सम्पन्न भएको संघले जनाएको छ । भदौ मसान्तभित्र केन्द्रीय अधिवेशन गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस