Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियलोकतन्त्रप्रति जनताको भरोसा जगाउन भूमिका खेल्नुहोस् : राष्ट्रपति

    लोकतन्त्रप्रति जनताको भरोसा जगाउन भूमिका खेल्नुहोस् : राष्ट्रपति


    काठमाडौ/ १ असोज ,राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “त्यतिमात्र होइन भुकम्प, कोरोनाजस्ता विपद्का बेला यी रेडियोहरूको भूमिका विपद्का साथीका रूपमा रहेको थियो, यसका लागि म तपाईंहरूलाई ह्रृदयदेखि धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।
    नागरिकलाई सुसूचित गर्न तथा जनताको अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न सामुदायिक रेडियोको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको प्रयोगको तिब्र होडबाजीले तथ्यहिन र भ्रामक सूचना संप्रेषण हुनसक्ने अहिलेको चुनौतिको सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना संप्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोगको वातावरण बनाउन र प्राप्त लोकतन्त्रप्रति जनताको भरोसा जगाउन आगामी दिनमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले साक्षर मात्र होइन सञ्चारका अरु साधनको पहुँच नभएका निरक्षर जनताका लागि पनि रेडियो सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चार माध्यम हो भन्नुभयो । सामुदायिक रेडियो अभियानले विभिन्न भाषामा कार्यक्रम तथा समाचार प्रसारण गरिरहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    Techie IT