Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लाइसेन्स लिएका जलविद्युत् आयोजनाको नियमित अनुगमन गर्न ऊर्जामन्त्रीको निर्देशन

    लाइसेन्स लिएका जलविद्युत् आयोजनाको नियमित अनुगमन गर्न ऊर्जामन्त्रीको निर्देशन


    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लाइसेन्स प्राप्त जलविद्युत् आयोजनाको कामको नियमित अनुगमन र फलोअप गर्ने प्रणाली विकास गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

    मन्त्रालयमा आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले आयोजनालाई लाइसेन्स दिएपछि त्यसले के–कस्तो काम गरिरहेको छ भन्ने विषयमा नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

    उनले लाइसेन्स प्राप्त आयोजनाले समुदाय सहयोग कार्यक्रम, सामाजिक उत्तरदायित्व तथा प्रचलित कानुनी प्रावधान पालना गरे–नगरेको समेत नियमित रूपमा अनुगमन गर्नुपर्ने बताए। लाइसेन्स दिने निकायले त्यसपछि आयोजनाको प्रगति र गतिविधिको अनुगमन गर्ने जिम्मेवारीसमेत बहन गर्नुपर्ने उनको भनाइ थियो।

    मन्त्री श्रेष्ठले आवश्यक प्रणाली विकास गरी विद्युत् नियमन आयोगमार्फत नियमित अनुगमनको व्यवस्था मिलाउन मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यलाई निर्देशन दिएका छन्। विभागमा आउनुपर्ने गुनासा मन्त्रालयसम्मै आउन थालेको भन्दै उनले अनुगमन प्रणालीलाई प्रभावकारी र सक्रिय बनाउनुपर्नेमा जोड दिए।

    बैठकमा मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका निकायबाट आउने टिप्पणी फाइलमा पर्याप्त कानुनी आधार नहुने गरेको भन्दै त्यसतर्फ पनि ध्यान दिन निर्देशन दिए।

    लामो समयअघिका फाइल प्रस्तुत गर्दा त्यसमा भएका घटनाक्रम, विगतका निर्णयका कारण तथा अब गर्नुपर्ने वा नगर्नुपर्ने विषय स्पष्ट हुने गरी आवश्यक आधार र विवरण समावेश गर्नुपर्ने उनले बताए।

    त्यस्तै, टिप्पणी उठाउने प्रक्रियालाई थप छरितो बनाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्। सरकारले छरितो प्रक्रियाका लागि नीति ल्याइसकेको उल्लेख गर्दै उनले अबदेखि तीनवटाभन्दा बढी टिप्पणी भएका फाइल मन्त्रालयमा नल्याउन निर्देशन दिएका हुन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    आर्थिक सुधारका लागि चालु आवमा २७ नयाँ कानुन ल्याउँछौं :…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई गति दिन सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने तयारी गरेको

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    नेप्सेमा सामान्य वृद्धि, ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। नेप्से ०.२६ अंकले बढेर

    डलरसहित अधिकांश विदेशी मुद्राको विनिमय दर सार्वजनिक, यस्तो छ आजको…

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर

    Techie IT