Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्छ – प्रमुख महर्जन

    ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्छ – प्रमुख महर्जन


    ललितपुर/ २५ भदौ: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्छ भन्ने बताउनुभएको छ ।
    महानगर वडा नं. १४ स्थित ताल्छिखेलमा आज मंगलबार स्वस्तिक अस्पतालकाे उद्घाटन गर्नुहुँदै प्रमुख महर्जनले नेपाल नगरपालिका संघले दुई बर्ष अगाडि नै  स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेकाे भन्दै पुरस्कृत गरेको जानकारी गराउनुहुँदै त्याे पुरस्कारकाे गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्छ भन्नुभएको हाे ।
    “ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा कमजोर छैन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गतबर्षकाे लिजामा देशभरकै उत्कृष्ट स्थानीय तहका रुपमा घाेषित गरेको छ, धेरै क्षेत्रमा देशभरका ६ वटा महानगर मध्ये उत्कृष्ट बन्न सफल भएको छ, मलाई विश्वास छ, अस्पतालले यस भेगमा उत्कृष्ट सेवा प्रदान गर्ने छ, महानगरले आगामी दिनमा सहकार्य गर्नसक्ने गरि सेवा दिन सफल हुनुहुनेछ भन्ने अपेक्षा छ।”  उहाँले भन्नुभयो ।
    प्रमुख महर्जनले विगत डेड वर्षदेखि सेवा प्रदान गर्दै आएकाे यस अस्पतालकाे व्यवस्थापन चुस्तदुरुस्त छ भन्नुहुँदै यस अस्पतालले सेवा प्रवाहमा कुनै कसर राख्दैन भन्ने विश्वास रहेको बताउनुभयो ।
    उपपमुख मञ्जली शाक्य बज्राचार्यले यस,अस्पतालबाट प्रवाह हुने सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहले नागरिकहरुकाे अपेक्षा सम्बाेधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विरामीकाे बाध्यतामाथि भएर आवश्यकता अनुसार सहज स्वास्थ सेवा दिन सफल हुने विश्वास रहेकाे बताउनुभयाे। ललितपुर महानगरले सञ्चालन गरेको यल स्वास्थ्य केन्द्रले मात्रै सबै सुविधा पुर्‍याउन नसक्ने भन्दै उहाँले यसका लागि सहकार्य गर्न सकिने जानकारी गराउनुभयाे । उहाँले स्थानीय सरकारकाे दायित्वमा रहेकाे सेवा प्रवाहमा सहयाेग पुग्ने अपेक्षा राख्नुभयाे ।
    स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्र रमण सिंहले सरकारी तहबाट समुदायस्तरमा स्वस्थ्य सेवा सहज रुपमा पुर्‍याउन चुनाैती भइरहेको अवस्थामा यस्ता अस्पताल सुरु हुनु महत्त्वपूर्ण भएको जानकारी गराउनुभयाे । उहाँले यस अस्पतालले स्थानीय सरकारसंग साझेदारीमा स्वास्थ्य सेवा प्रवाह हुने विश्वासका साथ समुदायकाे अपनत्व हुने गरी सेवा प्रवाह गर्न आग्रह गर्नुभयाे ।
    लेप्रेसी अस्पताल आनन्वनका निर्देशक शाेभाकर कंडेलले आफूले गुणस्तरीय स्वास्थ्य उपकरणहरु यस अस्पतालमा रहेकाे देखेकाे जानकारी गराउँदै प्रभावकारी र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास गर्नुभयाे ।
    महानगरका प्रबक्ता तथा वडा नं. ९ का अध्यक्ष राजु महर्जनले अस्पताललाई व्यवसायिक भन्दा बढि सेवाभावले उपचार सेवा प्रदान गर्न आग्रह गर्नुभयाे । उहाँले यस अस्पतालमा विरामी आएपछि अन्यत्र जानुनपर्ने गरि एकीकृत उपचार सुविधा व्यवस्थापन गर्न आग्रह गर्नुभयाे।
    १४ नं वडा अध्यक्ष अमृतजंग महतले यस अस्पतालले बढ्दाे जनसंख्या अनुसार उचित स्वास्थ्य सेवा दिन सफल हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँले ललितपुरको मुख्य भागमा रहेकाे यस अस्पतालले जिल्लाका सबै भेगलाई स्वास्थ्य सुविधा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे। वडासंगकाे समन्वयमा यस अस्पतालले निशुल्क सेवा प्रदान गरिरहेको जानकारी गराउनुहुँदै उहाँले घर नजिकै २४ घण्टा सेवा प्रवाह गर्ने अस्पताल हुनु ज्यादै महत्त्वपूर्ण भएको धारणा राख्नुभयाे ।
    यस अस्पतालले ३० जनाभन्दा बढि डाक्टरहरु रहेकाे १५ शैयाकाे यस अस्पतालले आकस्मिक सेवा, बहिरंग सेवालगायत सम्पूर्ण सेवा प्रदान गर्ने जानकारी गराइएको छ । वडा संगकाे समन्वयमा वडाका वालवालिका र जेष्ठ नागरिकलाई निशुल्क सेवा प्रदान गर्ने अस्पतालका निर्देशक सि.बी. थापाले जानकारी गराउनुभयाे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT