Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु, स्थानीय आन्दोलित

    ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु, स्थानीय आन्दोलित


    काठमाडौं । ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय रमेश खड्गी रहेको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ठैबबाट सानागाउँतर्फ सडक चौडा गर्ने क्रममा प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसीबीले पोल सार्ने प्रयास गर्दा पोल ढल्न पुगेको हो । खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्‌को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    उनको मृत्यु भएपछि आक्रोशित स्थानीयले ठैब क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । गोदावरी जाने मुख्य सडक बन्द हुँदा यातायात प्रभावित भएको छ । सातदोबाटो प्रहरी वृत्तमा अहिले मृतकका आफन्त, विद्युत प्राधिकरणका प्रतिनिधि र ठेकेदारबीच छलफल जारी रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT