ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु, स्थानीय आन्दोलित
काठमाडौं । ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय रमेश खड्गी रहेको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ठैबबाट सानागाउँतर्फ सडक चौडा गर्ने क्रममा प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसीबीले पोल सार्ने प्रयास गर्दा पोल ढल्न पुगेको हो । खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनको मृत्यु भएपछि आक्रोशित स्थानीयले ठैब क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । गोदावरी जाने मुख्य सडक बन्द हुँदा यातायात प्रभावित भएको छ । सातदोबाटो प्रहरी वृत्तमा अहिले मृतकका आफन्त, विद्युत प्राधिकरणका प्रतिनिधि र ठेकेदारबीच छलफल जारी रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए
- ७ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

तपाईको प्रतिक्रिया दिनुहोस