Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जन‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि पर्दामा

    ‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि पर्दामा


    काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

    सार्वजनिक ट्रेलरले प्रेम, विश्वास, धोका, विछोड र त्यसपछि जीवनमा आइपर्ने संघर्ष तथा उतारचढावलाई केन्द्रमा राखेको छ। निर्देशक राजबहादुर सानेले दुई प्रेमिल जोडीको कथामार्फत मानवीय सम्बन्ध, सामाजिक दबाब र जीवनका चुनौतीलाई भावनात्मक ढंगले प्रस्तुत गरेका छन्।

    सिनेमामा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखिएका छन् भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीको भूमिकामा छन्। ट्रेलरमा सुरुमा घनिष्ठ देखिने उनीहरूको सम्बन्ध समयसँगै अभाव, पारिवारिक परिस्थिति र सामाजिक दबाबका कारण जटिल मोडमा पुग्दै गएको देखाइएको छ।

    आगामी २९ साउनदेखि देशभर प्रदर्शनमा आउने सिनेमाले प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई यथार्थपरक रूपमा चित्रण गर्ने निर्देशक सानेले बताएका छन्।

    सिनेमामा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।

    आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।

    सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन देव महर्जन र छायांकन दिव्यराज सुवेदीले गरेका छन्। चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन

    काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा

    ‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

    काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    Techie IT