Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रलगानीको वातावरण सिर्जना गर्न नीतिगत सुधार गरिने

    लगानीको वातावरण सिर्जना गर्न नीतिगत सुधार गरिने


    काठमाडौं/ १० मङ्सिर, उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातारण सिर्जना गर्न नीतिगत सुधार गर्न लागिएको बताउनुभएको छ । दसौँ उद्योग दिवसको अवसरमा उद्योग विभागले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन नीतिगत र संस्थागत सुधार गर्न लागिएको बताउनुभएको हो । 
    ‘निजी व्यवसायीका नीतिगत सुधारका प्रश्न समाधान गर्न लागेका छौँ,” मन्त्री भण्डारीले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाउन चुनौतीहरू के के छन् निजी क्षेत्रसँग छलफल गरेर सामाधान गर्न तयार छौँ ।”
    मन्त्री भण्डारीले मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र निजी क्षेत्रबिच सहकार्यको आवश्यकता रहेको बताउनुभयो । कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाइ थियो । 
    उद्योग मन्त्रालयसँग सम्बन्धित ऐन, नियम र कानुन लामो समयदेखि संसद् र संसदीय समितिमा अड्किएको अवस्था रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले एउटा मन्त्रालयको कानुनले अर्को मन्त्रालय नचिन्ने वातावरण हटाउन सरकार नीतिगत रूपमै लागेको बताउनुभयो । 
    युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्टअप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउँदै मन्त्री भण्डारीले उक्त ‘स्टार्टअप’ कार्यक्रमलाई लोकप्रिय बनाउन निजी क्षेत्र र बैङ्क तथा वित्तीय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री भण्डारीले बैङ्क तथा वित्तीय संस्थालाई ‘स्टार्टअप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन आग्रह गर्नुभयो ।
    शिक्षा र रोजगारीका लागि बिदेसिएका युवालाई यथेष्ट सहुलियत दिएर स्वदेश फर्काउनुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले यसमा निजी क्षेत्रको उत्तिकै सहयोगको खाँचो औँल्याउनुभयो । रुग्ण उद्योग सञ्चालनका लागि निजी क्षेत्रसँगको सहकार्यमा आयोग बनाएर आवश्यक रणनीति बनाउन सरकारले छलफल थालेको उहाँको भनाइ छ । 
    उद्योग सचिव कृष्ण राउतले आन्तरिक अर्थतन्त्र सबल बनाउने उद्योग क्षेत्र भएकाले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको जानकारी दिनुभयो । 
    उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञावलीले स्वदेशी तथा विदेशी लगानी बढाउन सम्बन्धित क्षेत्रगत कानुनहरू संशोधनको प्रक्रियामा रहेको उहाँको भनाइ छ । 
    सो अवसरमा निजी व्यवसायीले नीतिगत समस्या, लगानीयोग्य वातावरण नहुनु, कमजोर औद्योगिक पूर्वाधार बजारमा खपत कम हुँदा न्यून क्षमतामा उद्योग सञ्चालन हुनु, कमजोर पूर्वाधार र राजनीति अस्थिरताले उद्योग स्थापना र सञ्चालनमा कठिनाइ भएको बताउनुभएको छ । 
    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा औद्योगिक क्षेत्रको योगदान घट्दै गएकाले बढाउन आवश्यक रहेको बताउनुभयो । स्वदेशी उत्पादन र विकासका लागि सरकारले प्रक्रियागत सुधार गर्नुका साथै आयात प्रतिस्थापन गरी स्थानीय उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । 
    कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउन सुझाव दिए पनि उद्योग क्षेत्रको प्रवर्धन हुन नसकेको बताउनुभयो । आयात प्रोत्साहन हुने नीतिले गर्दा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा उद्योग धराशायी अवस्थामा पुगेको उहाँको भनाइ छ । स्वदेशी वस्तुको प्रयोग सरकारी निकायमा अनिवार्य रूपमा बढाउँदै गए उद्यमशीलता प्रवर्धन हुने उहाँको भनाइ छ । 
    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले औद्योगिक प्रवर्धनका लागि जति प्रयास भए पनि प्रतिफल आउन नसकेको बताउनुभयो । आत्मनिर्भर अर्थतन्त्र विकासका लागि आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नुपर्ने उहाँको भनाइ छ । 
    सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले सार्वजनिक निकायमा स्वदेशी उत्पादन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने बताउनुभएको थियो । मन्त्रीज्यूको चेम्बरमा मात्र नभएर मन्त्रालयका हरेक चेम्बरमा स्वदेशी उत्पादन प्रयोग गर्न जोड दिँदै उहाँले स्वदेशी कपडाको माग भए पर्याप्त उत्पादन गरेर उपलब्ध गराउन सकिने बताउनुभयो । नेपालमा उत्पादित वस्तु मेला, महोत्सव तथा प्रदर्शनीमा मात्र सीमित बनेकाले प्रयोग बढाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो । 
    सरकारी स्तरबाटै नेपाली उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै निजी व्यवसायीले नेपाली उत्पादनको उपभोग नबढेसम्म बजार चलायमान हुन नसक्ने बताउनुभयो । कार्यक्रममा वक्ताहरूले आयात प्रतिस्थापनमा जोड दिँदै बाहिरी मुलुकबाट आउने वस्तुको भन्सार दरभन्दा नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थको भन्सार महसुल बढी हुँदा नेपाली उद्योगी मर्कामा परेको गुनासो गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT