रौतहट हत्याकाण्ड: मोहम्मद अफताव आलम रिहा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् | जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।पाँच बर्ष आठ महिना आठ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासंगै निर्दोष साबित भएका छन् । आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । उनलाई लिन कांग्रेस सांसद देवप्रसाद तिमिल्सिना पुगेका थिए।
०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाईते भएकाहरुलाई जिउँदै ईटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताल आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपनि आज उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको हो।
विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट समेत ईटाभटाको खरानीमा केही नदेखिएकाले सफाइ दिने निर्णय गरिएको जनाइएको छ । उच्च अदालत बिरगजका तहसलीदार ध्रुब सुबेदीले चारजनाले सफाइ पाएको बताए । आलमलाई घट्नाको १२ बर्ष पछि २०७६ असोजमा पक्राउ गरेर जिउँदै इटाभटामा मान्छे जलाएको आरोपमा मुद्दा चलाइएको थियो । जिल्ला अदालत रौतहट गरेको जन्मकैदको फैसला प्रति आलमका परिबार न्यायको लागि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज पुगेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस