Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ रौतहटमा ‘मोबाइल’ छापप्रतिको क्रेज बढदो, हजारौंको सहभागितामा मोटरसाइकल र्याली

    रौतहटमा ‘मोबाइल’ छापप्रतिको क्रेज बढदो, हजारौंको सहभागितामा मोटरसाइकल र्याली


    रौतहट, १७ फागुन ।
    आम जनता पार्टी (आजपा)का संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । घरदैलो सहित साहले आज रौतहटमा हजारौंको सहभागितामा मोटरसाइल र्याली निकालेका छन् ।

    रौतहटको सुकदेव चौकबाट सुरु भएको मोटरसाइकल र्यालीमा हजरौंको सहभागिता रहेको थियो । सुकदेव चौक, गौर, पिपराबजार, सिर्सिया, हजमिनिया, पथरा, फुलवरिया, लौकाहा, माधवपुर, मानपुर, जयनगर, दिपही, खेसरहिया हुँदै मोटरसाइकल र्याली सखुअवामा पुगेर सभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै रौतहट–१ का उम्मेदवार साहले आम मतदातासंग यसपटक मोबाइल छापमा मतदान गर्न अपिल गरेका छन् । रौतहट जिल्लाको समग्र विकासका लागि मोबाइल छापमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन उनले आग्रह गरे ।

    पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु रौतहटबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको उनले बताए । साथै, रौतहटको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

    ‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्र बिरुद्ध आम जनताको सरकार अहिलेको आवश्यक्ता हो,’ साहले भने ।

    जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईज्याकरलाई पहिचान गरी जेनजीको माग सम्बोधन गर्नका लागि मोबाइल छापमा मतदान गर्न उनले आग्रह गरे । अहिलेको सिस्टममा सुधारका लागि आजपाका उम्मेदवारलाई बिजयी बनाउनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतपत्रमा मोबाइलमा मतदान गर्न आम मतदातासंग उनले आग्रह गरेका छन् ।

    अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर मोबाइल छापमा मतदान गर्नुपर्ने साहले बताए ।

    आजपाका उम्मेदवार बिजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT