रोहितको शतकमा नेपालद्वारा युएईलाई २३४ रनको लक्ष्य
काठमाडौं।आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी युएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलको शतकीय इनिङ्समा नेपालले युएईलाई २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ३३ रनको स्कोर तयार गर्यो।
नेपालका लागि कप्तान रोहितले १०९ रनको शतकीय इनिङ्स खेले। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितले १३० बलमा ५ चौका र २ छक्काको सहयोगमा १०९ रन बनाएको अवस्थामा जाहिद अलीको बलमा अर्यान्स शर्माद्वारा क्याचआउट भएका थिए। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितबाहेक आसिफ शेखले ३५ रन बनाउँदा आरिफ शेखले २७ रन बनाए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए। त्यस्तै, करण केसीले १३ रन बनाए। युएईका लागि जुनिक सिद्धिकीले ३ विकेट लिँदा जाहिद अलीले ४ विकेट हात पारे। त्यस्तै, मुहम्मद रोहिद, हाइदर अली र ध्रुव परासरले १-१ विकेट लिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस