‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो
काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्माता पौडेलको नयाँ चलचित्रप्रति दर्शकमाझ उत्साह देखिएको छ ।
जोन योञ्जन को निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् ।
चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । चलचित्रको कथा तथा पटकथा महेश दवाडी ले लेखेका हुन् । डीओपीको जिम्मेवारी शिवराम श्रेष्ठ ले सम्हालेका छन् ।
सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ । यससँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले सहज रूपमा हेर्न सक्ने भएका छन् ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा १६ र उपत्यकाबाहिर दमौलीबाहेक १९ शो उपलब्ध गराएको छ । त्यस्तै, INI Cinemas ले आफ्ना ६ चेनमार्फत १८ शो दिएको छ । वान सिनेमाजले ५ तथा बिग मुभिजले ४ शो दिएका छन् । चलचित्रले देशभर करिब १५० शो पाएको बताइएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल
- २ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- ३ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ४ सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा रावल
- ५ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ६ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ७ प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

तपाईको प्रतिक्रिया दिनुहोस