Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २४ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिरेशम चौधरीलाई डिल्लीबजार कारागार पठाइयो

    रेशम चौधरीलाई डिल्लीबजार कारागार पठाइयो


    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । राष्ट्रिय जनमत पार्टीसँग एकता गर्ने भनिएको दिन उनलाई पक्राउ गरिएको हो । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याइएको छ ।टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।रेशमलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार लगेका छन्। उनलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ।

    एकताका लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको थियो । दुवै दलका नेता–कार्यकर्ता त्यहाँ उपस्थित भएका थिए ।प्रवक्ता यादवका अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ । ‘अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो,’ यादवले भने, ‘यो प्रक्रियालाई अघि बढाउन उपयुक्त देखिँदैन । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’ टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । अहिले रेशम पक्राउको विरोधमा प्रज्ञा प्रतिष्ठानमा नाराबाजी भइरहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार

    रुपन्देही २ मा त्रिचालीस हजार मतान्तरमा रास्वपाका सुलभ विजयी

    काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा

    भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।

    पर्वतमा रास्वपाका सागर भुसाल विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन्

    तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी

    काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् ।उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त

    भारी मतान्तरले निर्वाचित भए रास्वपाका सभापति रवि लामिछाने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी

    Techie IT