रुसमा लगातार दोस्रो दिन पनि भूकम्प
काठमाडौँ । रुसमा लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । बिहीबार बिहान रुसको पूर्वी क्षेत्रको कुरिल टापुहरूमा गएको यस भूकम्पको म्याग्निच्युड ६.५ छ ।
रुसको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, यसको गहिराइ १० किलोमिटर थियो । यसअघि बुधबार कुरिल टापुहरू नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जुन अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्ये छैटौं नम्बरमा छ ।
८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीका छालहरू रूस, जापान, चीन र अमेरिका पुगेका थिए । रुसमा यी छालहरू ४ मिटर अग्ला थिए भने अमेरिकामा १ मिटर अग्ला थिए । बुधबार सो क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यसबाहेक कामचटकामा भूकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस