Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ मनोरञ्जन ∕ ‘रियाल रिङ्गेट’को गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक

    ‘रियाल रिङ्गेट’को गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक


    काठमाडौं : नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । आगामी श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ, जुन गीतको बोल र भावमा पनि झल्कन्छ ।

    सार्वजनिक भएको नयाँ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्ले को स्वर रहेको यस गीतमा प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको सङ्गीत रहेको छ । गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारी को अभिनय र नृत्य देख्न सकिन्छ ।

    चलचित्रलाई विभोर पोखरेलले निर्देशन गरेका छन् । चलचित्रमा प्रमोद चौलागाईं र नीता ढुंगानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइरालालगायत कलाकारको अभिनय छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका छन् ।

    गीतको बोलले नै केटी पक्षबाट ज्वाइँको रूपमा विदेशमा कमाउने केटाको अपेक्षा रहेको स्पष्ट पार्छ । निता अधिकारीले गीतमा आफू विदेशमा कमाउन गएको केटा खोजिरहेको भाव व्यक्त गरेकी छन् । यसको प्रत्युत्तरमा प्रमोद चौलागाईंले आफू पनि विदेश जाने तयारी गरिरहेको कुरा गरेका छन् । यो गीतले प्रमोद र निता दुवैका पात्रहरूको पृष्ठभूमि र उनीहरूको सम्बन्धलाई प्रारम्भिक रूपमा दर्शकमाझ परिचित गराउन मद्दत पुर्‍याएको छ ।

    यस गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले सिर्जना गरेको आर्थिक र सामाजिक प्रभावलाई प्रतिबिम्बित गरेको छ । चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा भनेर दाबी गरेका छन् । यस चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्ने उनले बताए ।चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीहरूले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन् । यो नामले नै चलचित्रको मूल विषयवस्तु र वैदेशिक रोजगारीका पाटाहरूमाथि प्रकाश पार्न खोजेको देखिन्छ ।

    ‘रियाल रिङ्गेट’ को छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । यो चलचित्रलाई काफिया फिल्म्स ले वितरण गर्नेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT