रास्वपा र विवेकशील साझा पार्टीबीच आज एकता हुँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुँदैछ। आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा यी दुई पार्टीले एकता गर्न लागेका हुन्।वैकल्पिक विवेकशील आन्दोलनलाई लिविबद्ध, संस्थागत र थप सुदृढ तुल्याउन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुवै पार्टी सहमत भई एकीकरणलाई निष्कर्षमा पुर्याइएको यी दुई पार्टीले बताएका छन्।
‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको बेला नवयुवाहरू (जेनजी) को आन्दोलनले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तीव्रतर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, संवृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देस दिन्छ,’ विवेकशील साझा पार्टीले एकताबारे यसरी उल्लेख गरेको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस