रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार हुन ९ जनाले दिए आवदेन (नामावलीसहित )
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले फेसबुक पेजमार्फत रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएको बताएको हो ।
साउन ७ देखि २१ गतेसम्म आवेदन दिने समय तोकिएको थियो। साउन २५ गते उम्मेदवारसँग छलफल गरिनेछ भने साउन २६ गते प्रारम्भिक नामावली सार्वजनिक हुने र भदौ १२ गते प्रारम्भिक निर्वाचन हुने रास्वपाका रुपन्देही इन्चार्ज विपिन आचार्यले जानकारी दिए।
रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । दर्ता भएका उम्मेदवारीमाथि शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म दाबी विरोध गर्न सक्ने रास्वपाले जनाएको छ ।
त्यस्तै रास्वपाले साउन २५ गते उम्मेदवारहरूसँग छलफल गर्ने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्ने, साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने र भदौ १२ गते बिहानदेखि साँझ ५ बजे उम्मेदवार छनौटका लागि प्रारम्भिक मतदान हुने रास्वपाले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस