Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार तय गरिएको बन्दसत्र स्थगित भएपछि आजका लागि पुनः तयारी गरिएको हो ।

    रास्वपा नेता मनिष झाले प्रतिनिधिसम्बन्धी विवाद समाधानपछि मंगलबार अपराह्न बन्दसत्र सञ्चालन गरिने जानकारी दिएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार सोमबार बिहान सुरु हुनुपर्ने बन्दसत्र पटक–पटक सारिएको थियो ।

    उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ । छलफलपछि ती प्रतिवेदन पारित गरी अन्तरिम व्यवस्थापन समिति घोषणा गर्ने र त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । त्यससँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

    महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेकाले बन्दसत्र सुरु हुन नसकेको रास्वपाका नेताहरूले बताएका छन् । सोमबार बिहानदेखि नै बन्दसत्र स्थलमा प्रतिनिधिहरू उपस्थित भए पनि कार्यक्रम सञ्चालन हुन सकेको थिएन । केही प्रतिनिधिले उम्मेदवारी घोषणा गर्दै मत माग्नसमेत सुरु गरेका थिए ।

    बन्दसत्र स्थगित हुँदा रास्वपाको पहिलो महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ भने महाधिवेशन केही लम्बिने संकेत देखिएको छ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिनेछ । महाधिवेशनको उद्घाटन आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT