Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म लम्बिने

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म लम्बिने


    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार बिहानदेखि सुरु हुनुपर्ने बन्दसत्र ढिलो गरी आज दिउँसो २ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको हो । यसअघि रास्वपाले महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । प्रारम्भमा ४ हजार २ सयभन्दा बढी प्रतिनिधि रहेकोमा उजुरीमाथिको छानबिनपछि अन्ततः ३ हजार ८ सय ४९ प्रतिनिधि कायम गरिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।

    बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन तथा महामन्त्री मुकुल बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव पेश गर्नेछन् भने उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्दै आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बन्दसत्र ढिलो गरी सुरु भएकाले महाधिवेशनको कार्यतालिका समेत प्रभावित हुने देखिएको छ ।

    आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भए पनि निर्वाचन बुधबार हुने सम्भावना रहेको छ । महाधिवेशनबाट रास्वपाले १ सय ५८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ संरचनामा १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक सभापति, एक वरिष्ठ नेता, कम्तीमा एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, कम्तीमा एक महिला सहित पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता तथा तीन सहप्रवक्ता रहनेछन् ।

    नयाँ विधानअनुसार सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । साथै ९९ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जना सभापतिबाट मनोनीत गरिनेछ । पहिलो चरणमा सभापतिसहित ९९ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । त्यसपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ । यसैबीच वरिष्ठ नेतामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई निर्विरोध चयन गर्ने तयारी गरिएको र उक्त पदमा निर्वाचन नहुने जनाइएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT