रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार पदाधिकारी पदका लागि आज राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान हुने तय गरिएको छ ।
निर्वाचन तालिकाअनुसार पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण साँझ ६ः३० बजेदेखि ७ बजेसम्म हुनेछ । उम्मेदवारको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने समय साँझ ८ बजेसम्म तोकिएको छ ।
दाबी–विरोधमाथिको जाँचबुझ सवा ८ बजे गरिने आयोगले जनाएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समय साँझ ८ः३० बजे निर्धारण गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली साँझ पौने ९ बजे प्रकाशित गरिनेछ । त्यसपछि सवा ९ बजेसम्म मौन अवधि रहनेछ ।
आयोगका अनुसार मतगणना राति सवा १२ बजेदेखि सवा १ बजेसम्म हुनेछ भने अन्तिम मतपरिणाम राति १ः३० बजे घोषणा गरिनेछ ।
यसअघि आज सम्पन्न पहिलो चरणको मतदानमा करिब एक हजार महाधिवेशन प्रतिनिधि अनुपस्थित रहेपछि दोस्रो चरणको मतदान व्यवस्थापन र सहभागितालाई लिएर प्रश्न उठ्न थालेका छन् ।
रास्वपाको विधानअनुसार पदाधिकारीतर्फ २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री पदका लागि मात्र निर्वाचन हुने व्यवस्था छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस