Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा

    रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा


    काठमाडौं । राजधानीलगायत देशभर जेनजी आन्दोलन चर्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

    रास्वपाले सार्वजनिक विज्ञप्तिमार्फत सरकारको बर्बर दमन, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण, र व्यापक भ्रष्टाचारविरुद्ध कडा रूपमा उत्रिँदै सामूहिक राजीनामा प्रस्तावसहित ६ बुँदे माग प्रस्तुत गरेको हो ।

    रास्वपाले संसदको वैधता समाप्त भइसकेको निष्कर्षमा पुगेको बताउँदै, नयाँ राजनीतिक निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्तावसमेत अघि सारेको छ ।

    साथै, जेनजी आन्दोलनका क्रममा मारिएका प्रदर्शनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको मागसमेत गरिएको छ ।

    संसदीय दलका नेता रवि लामिछाने, उपनेता विराजभक्त श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, सोबिता गौतम, निशा डाँगी लगायत २० सांसदहरूको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा सामूहिक राजीनामाको निर्णय सार्वजनिक गरिएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT