राष्ट्र र राष्ट्रियतामाथि संकट परेको अवस्थामा एकजुट हुनुपर्छ – पूर्वउपप्रधानमन्त्री श्रेष्ठ
ललितपुर, २ कातिक: पूर्वउपप्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्वउपसभापति एवम् वर्तमान केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको अवस्थामा पार्टीगत हीत र पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्छ भन्नेमा जोड दिनुभएको छ ।
पूर्वउपप्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्वउपसभापति श्रेष्ठले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै सबै सचेत व्यक्तित्वहरुले सोचबिचार गर्दै दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानमा पहल गर्नुपर्छ भन्ने धारणा राख्नुभएको हो।
“जटिल र विषम परिस्थिति छ, जेन जेडको नाममा भएको आन्दोलनले त्रास पैदा गरेको छ
आन्दोलनले निर्माण गरेको सरकारले घोषणा गरेेको सरकारले फागुन २१ गते चुनाव हुन्छ भन्ने वातावरण तयार गरेको छैन, जेन जेड आन्दोलनको मूल स्वरुपमा युवा पुस्ताको असन्तोष, बेरोजगारी, भष्ट्राचारप्रति आक्रोश, र राजनीतिक संस्थाप्रति अविश्वास समटिएको छ, उनीहरूका जायज मागहरुलाई सम्बोधन गर्न आवश्यक छ, तर आन्दोलनमा हिंसा, घृणा र निषेधको राजनीति मिसिँदा लोकतन्त्रको मर्म नै खण्डित हुने खतरा छ, राजनीतिक दलहरू लोकतन्त्रका वाहक हुन् र लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प छैन। तर केही व्यक्तिहरूका व्यवहार, पारदर्शिता अभाव, र जवाफदेहिताको कमीले आम जनतामा दलप्रति अविश्वासको गहिरो ‘न्यारेटिभ’ बनाएको छ।” उहाँले भन्नुभयो।
उहाँले संघीयता कार्यान्वयन, शान्ति प्रक्रिया, र तिनै तहका निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु नेपाली कांग्रेसको गौरवमय इतिहास हो भन्दै जेन जेड आन्दोलनमा भएको स्वार्थ समूहको घुसपैठले अस्तित्व नै संकटमा पार्ने संकेतहरू देखापरेका छन् भन्नुभयो।
“पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि ठूलो क्षती १९९० को भूकम्पबाट भएको थियो, त्यसपछि भदौ २४ गतेको क्षति भएको छ, जेन जेड आन्दोलनमा हिंसा, घृणा र निषेधको राजनीति मिसिँदा लोकतान्त्र नै खतरामा पर्ने अवस्था छ।” उहाँले भन्नुभयो।
उहाँले शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेपनि अरुले त्यस्तो अग्रसरता देखाउन सकेनन् भन्दै संवाद र समन्वयको माध्यमबाट विश्वासको वातावरण तयार गर्नुपर्नेछ भन्नुभयो।
“विगतका आठ राजनीतिक दल मात्रै हैन, अब नयाँ राजनीतिक दलहरूलाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्छ, सुधार गरेर अगाडि बढ्नुपर्छ, तर अग्रजहरुलाई निशेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, उद्योगपतिहरुलाई कसरी समेट्ने भन्नेमा ध्यान दिनुपर्ने छ, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ।” उहाँले भन्नुभयो।
उहाँले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न लागिपर्ने बताउँदै आवश्यकता अनुसारको भूमिका निर्वाह गर्न तयार छु भन्नुभयो।
“राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्दा गोपालमानले भूमिका निर्वाह गरेको हो, वेलावेलामा हाम्रो भूमिका ओझेलमा पर्दा हामी पूर्वपदाधिकारी सात जना पनि छौँ है भन्न खोजेका हौँ, आवश्यकता पर्यो भने हरेक भूमिका निर्वाह तयार छु, तर म तँछाडमछाड गर्ने पक्षमा छैन विगतको १८/१९ वर्षको असन्तुष्टिको जिम्मेवारी दलहरूले लिनुपर्छ, मैले गरेको कमजोरीको जिम्मेवारी लिन्छु, मुलुक र राष्ट्रियतालाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्छ।” उहाँले भन्नुभयो।
उहाँले जनता समक्ष सुशासन जवाफदेहिता लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्छ भन्दै जनताको विश्वास हासिल नेतृत्व परीक्षण अहिलेको संकट नेताहरूको परीक्षण हो भन्नुभयो।
“अहिले नयाँ नेतृत्वले जन्माउने अवसर पनि हो, हामीले विगतका कमजोरीबाट सिक्नुपर्छ। १२ बुँदे सम्झौताको परिवेश फरक थियो त्यसबेला दलहरूको बीच एकताले लोकतन्त्र १२ बुँदे सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले स्वीकार गर्दछु कि हामी एक दशक लामो सशस्त्र संघर्ष र संक्रमणकाललाई लोकतन्त्रमा फरक रुपमा लिनु अपरिहार्य छ, त्यसलाई स्वीकार गम्भीरतापूर्व लिनुपर्छ त्यसैगरी परम्परागत राजनीतिक शक्तिहरूलाई समेत हामीले आत्मसाथ गर्नुपर्दछ।” उहाँले भन्नुभयो
उहाँले वर्तमान समस्याको समाधान राजनीतिक दलहरू भित्रवाटै समाधान गर्नुपर्छ भन्दै निषेधको राजनीति त्यागेर सहकार्य सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्छ भन्नुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस