Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिराष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि ठाडो भयो, क्षमाप्रार्थी छु’


    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका छन्।

    राष्ट्रिय सभा बैठकमा विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सांसदहरूले निर्मला पन्त हत्याकाण्डको विषय उठाएपछि गृहमन्त्री गुरुङले त्यस विषयमा प्रश्न नगर्न चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया दिएका थिए। उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले सोही बैठकमा आफ्नो भनाइप्रति क्षमायाचना गरेका हुन्।

    सांसदहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ। सिक्दै जानेछौं। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। त्यसका लागि म क्षमाप्रार्थी छु। हजुरहरूलाई माफी पनि माग्न चाहन्छु।”

    उनले विपद् व्यवस्थापनसम्बन्धी छलफल चलिरहेका बेला विषयान्तर गर्दै निर्मला पन्त हत्याकाण्डको प्रसंग उठाइएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे।

    “हामी विपद् व्यवस्थापनको विषयमा छलफल गर्दै थियौं। तर विषयकेन्द्रित नभई निर्मला पन्त हत्याकाण्ड जोडियो। मनसुनजन्य विपद् व्यवस्थापन र निर्मला पन्त हत्याकाण्डबीच के सम्बन्ध छ? छलफल विषयकेन्द्रित हुनुपर्छ,” गृहमन्त्री गुरुङले भने।

    यसअघि उनको चेतावनीपूर्ण अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर आलोचना भएपछि उनले आफ्नो भाषा र प्रस्तुतिप्रति खेद व्यक्त गर्दै औपचारिक रूपमा माफी मागेका हुन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT