राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न
ललितपुर — राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन ललितपुरमा सम्पन्न भएको छ। अधिवेशनले प्रविणकुमार रेग्मीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
निर्वाचित कार्यसमितिअनुसार उपाध्यक्षमा राजु सुनार, महासचिवमा प्रमोद न्यौपाने, सचिवमा रूपा कठायत, कोषाध्यक्षमा सुवर्ण लौडारी, प्रवक्तामा द्रोणाचार्य पराजुली तथा सह–कोषाध्यक्षमा डोल्मा लामा भण्डारी चयन भएका छन्। यस्तै, सदस्यहरूमा सुजाता पुडासैनी, सचिनकुमार सिंह, रिमुकुमारी लेखी र रेश्मा कालाथोकी रहेका छन्।
कार्यक्रमको सुरुवात महासङ्घका उपाध्यक्ष दीपक कार्कीको स्वागत मन्तव्यबाट भएको थियो। महासङ्घका केन्द्रीय अध्यक्ष शशि शर्मा मजगैयाँको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा, संस्थाका सल्लाहकार डा. टिका ढकालले महासङ्घको ऐतिहासिक पृष्ठभूमि, यसको लामो विरासत र समाज विकासमा पुर्याएको योगदानबारे चर्चा गर्नुभयो।
उद्घाटन सत्रमा अध्यक्ष मजगैयाँले महासङ्घले समाज विकासका बहुआयामिक क्षेत्रमा खेलेको भूमिकाको स्मरण गर्दै आफ्ना सहयात्रीहरूलाई विशेष रूपमा सम्झिनुभयो। उहाँ भावुक हुँदै नीतिगत बहस र नीति निर्माणका तहमा युवाको प्रभावकारी उपस्थिति, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा महासङ्घको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमको दोस्रो सत्रमा महासङ्घका महासचिव राजु सुनारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष प्रदीप शर्मा चौलागाईंले आर्थिक प्रतिवेदन पेश गर्नुभयो।
ओमप्रकाश लामिछानेको संयोजनमा तथा डा. टिका ढकाल र किशोर रिजाल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया अघि बढाएको थियो। सर्वसम्मत रूपमा निर्वाचित नवनिर्वाचित अध्यक्ष प्रविणकुमार रेग्मीले संस्थाको इतिहासलाई संरक्षण गर्दै वर्तमान उपलब्धिको जगमा आगामी दिनमा महासङ्घलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल
- ७ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ

तपाईको प्रतिक्रिया दिनुहोस