Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यराष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकविरुद्ध कार्यक्रम हलभित्रै प्रदर्शन

    राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकविरुद्ध कार्यक्रम हलभित्रै प्रदर्शन


    भक्तपुर। विश्व अंगदान दिवसका अवसरमा मंगलबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेका छन् ।

    केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले गरेका निर्णय र कार्यशैलीका कारण अस्पतालमा व्यथिति बढेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अथिति रहेको कार्यक्रममा उनीहरुले कालो व्यानर र प्ले कार्डसहित कार्यक्रम चलिरहेको हलमै प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले ब्यानर र प्ले कार्ड खोसेको थियो ।

     

     

    स्वास्थ्यमन्त्री पौडेल र कार्यकारी निर्देशक डा.श्रेष्ठलाई कालो झण्डा देखाउने कार्यक्रम रहेपनि नव नियुक्त मन्त्रीले अस्पतालमा भएको व्यथिति र अनियमितता रोक्नसक्ने संभावना रहेकाले हाललाई कालो झण्डा देखाउने कार्यक्रम रोकिएको आन्दोलनकारीहरुले बताए ।
    उनीहरुले ‘सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरु’, ‘म मुटु रोग पीडित, मेरो उपचार भएन’, ‘भ्रष्टाचारमुक्त अस्पताल बनाउ’, ‘म कलेजो रोग पीडित, मेरो उपचार भएन’लगायतका प्ले कार्ड बोकेका थिए । तर कार्यकारी निर्देशक डा.श्रेष्ठले भने प्रदर्शनलाई अस्पतालको विकास नचाहनेहरुको ‘अराजकता’ भन्दै प्रतिक्रिया दिए ।
    सो अवसरमा मन्त्री पौडेलले अस्पताललाई चाँडै व्यस्थित गर्ने, सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने साथै आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा अस्पतालभित्रको व्यथिति रोक्ने प्रतिवद्धता जनाएका थिए ।
    अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा मनपरी गरेको साथै अस्पताल विकास समितिको उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै स्थानीयबासी एवम कर्मचारीहरु आन्दोलित हुँदै आएका छन्

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच…

    काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध

    दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको…

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६

    ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता…

    काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    Techie IT