Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रराष्ट्रिय अभिलेखालयका ऐतिहासिक दस्ताबेज संरक्षणमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

    राष्ट्रिय अभिलेखालयका ऐतिहासिक दस्ताबेज संरक्षणमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह


    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्ताबेजको संरक्षण र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले अभिलेखालयमा रहेका दस्ताबेज नेपालका अमूल्य सम्पत्ति भएकाले तिनलाई भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्नेमा जोड दिए ।

    उनले अभिलेखालयलाई अध्येता, विद्यार्थी तथा इतिहासमा रुचि राख्नेहरूका लागि महत्वपूर्ण ज्ञान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । साथै, ऐतिहासिक दस्ताबेज संरक्षणमा अभिलेखालयका कर्मचारीले गरिरहेको प्रयासको प्रशंसा गर्दै यसको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखे ।

    अवलोकनका क्रममा अर्थमन्त्री वाग्लेले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक तथा राजनीतिक गतिविधिसँग सम्बन्धित सङ्ग्रहबारे जानकारी लिनुका साथै अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए–नभएको विषयमा कर्मचारीसँग छलफल गरेका थिए ।

    पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने स्रोत तथा साधनको अभावका कारण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक दस्ताबेज संरक्षणमा चुनौती रहेको जानकारी गराइन् ।

    उनले सुरक्षित र सुविधा सम्पन्न भौतिक पूर्वाधारको अभावमा अभिलेखहरूको सुरक्षा कठिन बनेको बताउँदै नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख संरक्षणमा आधुनिक प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि बजेटमार्फत लगानी गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।

    प्रधानाङ्गले अभिलेखालयको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारसमेतलाई पर्याप्त रूपमा जानकारी गराउन स्रोतको अभाव बाधक बनेको बताइन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य…

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार

    नेप्से ९.२४ अंकले बढ्यो, २ अर्ब ९० करोडको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार ९.२४ अंकले बढेको छ । नेप्से ९.२४ अंकले बढेर २ हजार

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर, डलर १५२ रुपैयाँ…

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका

    नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ :…

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता,

    इरानी रियाल इतिहासकै कमजोर, एक डलरको मूल्य २० लाख रियाल…

    काठमाडौं ।  अमेरिकाले थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल इतिहासकै कमजोर अवस्थामा पुगेको छ। अनौपचारिक

    Techie IT