Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिराष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मायाप्रसाद शर्माले बाढीपहिरोबाट देशैभरि जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले आजको बैठकको शून्य समयमा भने, “भेरी कोरिडोर जोड्ने डोल्पा खण्डमा बाढीपहिरोका कारण आवगमनमा सास्ती भएको छ, पानी पर्ने बित्तिकै खोला वारिपारि गाडी र पैदलयात्रा गर्न समस्या हुन्छ, सरकारले विशेष ध्यान दिएर यथाशघ्रि पुनःनिर्माणमा सहयोग गर्नु आवश्यक छ ।”

    सांसद भगवती न्यौपानेले भनिन्, “राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमाथि आवश्यकताका आधारमा छलफल गरी आएको हो । अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अध्ययन गरी राष्ट्रियसभाबाट पारित गरेको उक्त विधेयक प्रतिनिधिसभामा पठाइसकेपछि अहिले रोकिएको छ ।”

    सांसद राधेश्याम पासवानले दलित अभियन्ता खगेन्द्र सुनुवार संवैधानिक अधिकार लागू गराउन पाँचबुँदे माग राखेर माइतीघरमा आन्दोलनरत भए पनि सरकारले उहाँको मागप्रति कुनै सुनुवाइ नगरेको गुनासो गरे । “दश दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आउनुभएका दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आउनुभएको छ । उहाँका जायज माग सरकारले पूरा गर्नुपर्छ”, उनले भने ।

    सांसद सुमित्रा बिसीले भनिन्, “देशैभरि बाढीपहिरो र सोलुखुम्बुमा हिमताल फुटेर क्षति भएको छ, कर्णाली प्रदेशमा वन्यजन्तुले, दैलेखको महाबु गाउँपालिकाका केही वडामा बाँदरले खेतीबालीमा नोक्सानी पु¥याउँदा किसानहरु पीडित बनेका छन् । सरकारले मानव र वन्यजन्ती बीचको द्धन्द्ध न्यूनीकरणमा नीति बनाएर कार्यान्वयन गर्नु आवश्यक छ ।”




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT