Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिराष्ट्रपति पौडेल गएराति जापान प्रस्थान

    राष्ट्रपति पौडेल गएराति जापान प्रस्थान


    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गएराती जापानको औपचारिक भ्रमणमा गएका छन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायतका विशिष्ट व्यक्तिहरुले विदाई गरेका थिए ।

    राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न छन् । राष्ट्रपति पौडेल यही माघ २१ स्वदेश फर्कने तालिका छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले आज नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

    जापानका विदेशमन्त्री तारो कोनोको निमन्त्रणामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ नोभेम्बर १ देखिसम्म जापानको औपचारिक भ्रमण गरेका थिए ।तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एसियाली अफ्रिकी कानुनी परामर्शदाता संगठनको ५७औँ सत्रमा भाग लिन २०१८ अक्टोबर ८ देखि १२ सम्म जापानको भ्रमण गरेका थिए ।

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ अक्टोबर २०–२२ सम्म टोकियोमा आयोजित सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन जापानको भ्रमण गरेकी थिइन् ।
    >

    भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहको मन्त्रालयले जानकारी दिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सार्वजनिक सञ्चारमाध्यममा करार नियुक्तिमा कडाइ, अत्यावश्यक अवस्थामा मात्रै कर्मचारी राख्न…

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा

    सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप

    सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा…

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै

    काठमाडौं महानगरको माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा, खाद्य गुणस्तर परीक्षण अब छिटो…

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ। काठमाडौं प्लाजामा

    टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १३ जनाले पाए…

    टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।

    प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

    काठमाडौं ।  खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

    Techie IT