राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा विकसित पछिल्लो परिस्थितिप्रति चासो व्यक्त गर्दै राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक अवस्था सामान्य बनाउन तथा सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक राष्ट्रपति भवन शीतलनिवास पुगेका प्रधानमन्त्री शाहले सुनसरी घटनापछि मुलुकमा उत्पन्न सुरक्षा तथा समसामयिक अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाबारे जानकारी लिँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका थिए।
सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सबै राजनीतिक दल र सरोकारवाला पक्षसँग समन्वय गरी संयमतापूर्वक परिस्थितिलाई सामान्य बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
जवाफमा प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले आवश्यक कदम चालिरहेको जानकारी गराएका थिए।
यसअघि बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकार थप जिम्मेवार र सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब १५ मिनेट छलफल भएको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
- ६ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस