रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो
काठमाडौँ । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । रामेछाप । रामेछाप सदरमुकाम मन्थलीनजिक मंगलबार (माघ २७) बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालकसहित आठजना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिए ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब १०० मिटर तल तामाकोसी नदीमा खसेको हो ।अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको खुलेको छ । अहिले पनि नदीमा खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको सीडीओ थापाले बताए । सडकबाट खसेको बस नदीमा डुबेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल
- ७ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ

तपाईको प्रतिक्रिया दिनुहोस