रामहरि खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा
काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे ‘कुलिङ अफ पिरियड’ को प्रावधानमा हेरेफेर गरिएको विषयमा कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा गठन भएको संसदीय छानबिन समितिले सभापति खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने छानबिन प्रतिवेदनमा उल्लेख गरेपछि उनी अप्ठ्यारोमा परेका थिए ।
राजीनामा दिनुअघि प्रतिनिधि सभामा बोल्दै राजनीतिमा कतिपय बेला नगरेको गल्तीसमेत बेहोर्नुपर्ने अवस्थामा पुग्न सक्ने र आफूमाथि त्यस्तै भएको बताए ।खतिवडाले आफू सुरुदेखि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा पनि रहिरहने उल्लेख गरे ।
राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको बताउँदै उनले प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस