रात्रिकालीन सार्वजनिक यातायात विस्तार गर्नुपर्छ : सुनिता डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा रातिको समयमा समेत विस्तार गर्नुपर्ने बताएकी छन्।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तारसम्बन्धी कार्यक्रममा बोल्दै डंगोलले स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको बताइन्। उनले रात्रिकालीन बस सेवा विस्तारसँगै काठमाडौं उपत्यका रातिसमेत चलायमान बन्ने धारणा राखिन्।
“स्थानीय सरकारको मूल दायित्वमध्ये एउटा महत्वपूर्ण दायित्व स्थानीय यातायातको विस्तार गर्नु हो। त्यो दिउँसो मात्रै होइन, अब राति पनि हाम्रा यातायात चल्छन्,” उनले भनिन्, “काठमाडौं उपत्यका दिउँसो मात्र चलायमान छैन, अब राति पनि चलायमान हुन्छ।”
डंगोलका अनुसार वैशाख १ गतेदेखि परीक्षणका रूपमा बूढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो। उक्त सेवा सञ्चालन भएको पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको उनले जानकारी दिइन्।
उनले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँच विस्तार गर्ने माध्यमका रूपमा समेत बुझ्नुपर्ने बताइन्।
उनका अनुसार रात्रिकालीन सार्वजनिक यातायात विस्तारले रातको समयमा काम गर्ने, अध्ययन गर्ने तथा विभिन्न पेशा–व्यवसायमा संलग्न नागरिकलाई आवतजावतमा सहजता पुग्नेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस