Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिझापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग

    झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी, विशेषगरी विद्यार्थी, दैनिक जोखिम मोलेर खोला तरेर विद्यालय जान बाध्य भएको बताएकी छन्।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले झापा–२ अन्तर्गतको रातेखाल क्षेत्रमा हालै आएको बाढीले समस्या झनै जटिल बनाएको उल्लेख गरिन्। तीन वर्षअघि नै पुल निर्माणका लागि बजेट विनियोजन भए पनि काम अघि नबढेको भन्दै स्थानीयले २० लाख रुपैयाँ संकलन गरेर निर्माणको प्रयास गर्दा समेत आवश्यक मापदण्ड पूरा नभएको भन्दै काम रोकिएको जानकारी दिइन्।

    राना मगरले पुल अभावका कारण खोला तरेर विद्यालय जाने क्रममा यसअघि पनि धेरै बालबालिकाले ज्यान गुमाएको दाबी गर्दै आफू स्थलगत निरीक्षणमा पुगेकै दिन १० वर्षीय एक बालक साइकलसहित खोलामा खसेको र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको घटना सुनाइन्।

    उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै कजुवे–रातेखाल क्षेत्रमा अविलम्ब सुरक्षित पुल निर्माणको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरिन्।

    त्यसैगरी, सांसद राना मगरले गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भविष्यमा कुनै पनि नेपाली नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य नहुने वातावरण निर्माण गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT