राजर्षि जनक विश्वविद्यालयको पहिलो दिक्षान्तमा ८६ विद्यार्थी दीक्षित
जनकपुरधाम । राजर्षिजनक विश्व विद्यालयका ८६ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागी हुनेगरी आवेदन दिएका थिए ।
त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थी गोल्ड मेडलबाट विभूषित भएका छन् । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थीले गोल्ड मेडल प्राप्त गरेका छन् ।
सन् २०१८, २०१९ र २०२० ब्याचका स्नातक तहमा विश्वविद्यालय टपरमा क्रमशः प्रिया कर्ण, दीक्षाकुमारी मण्डल र ज्योती चौधरीलाई कुलपति पदक दिइएको छ । त्यस्तै, रश्मीकुमारी सन् २०२० को स्नातकोत्तर तहमा विश्वविद्यालय टप गरेकी हुन् ।
उनले जनकपुरधामलाई ज्ञानको भूमि रहेको र चार हजार वर्षअघि यहाँ विद्वताको छलफल भएको ठाउँमा आज फेरी विश्वविद्यालय स्थापना भएकोमा खुशी व्यक्त गरे । उनले शिक्षा प्रणालीको प्राचिनता र पूर्वीय दर्शनको महत्वमा जोड दिदै शिक्षा क्षेत्रमा भएका कमजोरीलाई हटाउने प्रतिवद्धता जनाए ।
जनकपुर ज्ञानको भूमि भएको चर्चा गर्दै विश्वविद्यालयले जुनसुकै ठाउँमा पनि आफ्नो प्रतिभा देखाउन सफल हुने उनले बताए । सरकारले विश्वविद्यालयको लागि काम गरिरहेको समेत बताए ।
समारोहमा विश्व विद्यालयका सहउपकुलपति समेत रहेका मधेशका मुख्यमन्त्री शतिसकुमार सिंह, उपकुलपति प्रध्यापक डा. अमरप्रसाद यादव, वरिष्ठ साहित्यकार तथा प्रध्यापक डा. राजेन्द्र बिमल लगायत सहभागी थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
- ६ संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
- ७ करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस