Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिराजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल हाे – उपप्रधानमन्त्री सिंह

    राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल हाे – उपप्रधानमन्त्री सिंह


    ललितपुर/२९ कात्तिक, उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल हाे भन्नुभएको छ।
    नेपाल प्रजातन्त्र सेनानी संघ ललितपुरकाे आज यहाँ आयाेजित दाेस्राे जिल्ला सम्मेलन एवम् सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै उपप्रधानमन्त्री सिंहले अहिले व्यवस्था र परिवर्तन ल्यानका लागि नेपाली कांग्रेसले धेरै ठूलाे याेगदान गरेकाे छ भन्नुभयो ।
    “आस्था र सिद्धान्तको राजनीति गर्नेले ज्यादै कठिन परिस्थितिकाे सामना गर्नुपर्ने रहेछ, राजनीतिक आस्थाले चाक्सीबरी छाेडेर डेरामा बसेर गुजारा टार्नु पर्याे, गणेशमान र मंगलादेवीले त धेरै दु:ख भाेग्नु पर्याे भने दूरदराजका जनताले कति दु:ख भाेग्नु।परेकाे थियाे हाेला ! याे हामीले बुझ्नुपर्छ, राजनीति सेवा गर्ने प्रभावकारी माध्यम हाे, तर अहिले  फाइदा लिने प्रबृत्ति बढेकाे छ, राजनीति भनेकाे त सिद्धान्त, आदर्श हाे नि ! ” उहाँले भन्नुभयो ।
    समय परिवर्तन भएपनि पूराना नेता तथा पार्टीका विशिष्ट व्यक्तिहरूलाई हामी अहिलेका पुस्ताले सम्मान गर्नुपर्छ भन्नुभयाे ।
    “आफूलाई जन्म दिने बाबुआमालाई नै के काम लाग्छ भन्नेहरुबाट देशमा के परिवर्तन हुन्छ?हामी पुराना दलहरुबाट केही कमजोरी भए हाेला, तर सिद्धान्त र आस्थामा प्रतिवद्ध भएर निरन्तर काम गर्नुपर्छ, हामीले गरेको परिवर्तनलाई पनि भन्न सक्नुपर्छ ।” उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।
    उहाँले अहिले पार्टीको चुनाैती भनेको आन्तरिक व्यवस्थापन हाे भन्दै यसलाई गम्भीरताका साथ सबै जिम्मेवार नेता तथा कार्यकर्ताहरुले साेचेर बिचार गरेर अगाडी बढ्नुपर्छ भन्नुभयो ।
    “ओमकार प्रसाद श्रेष्ठ जस्तो व्यक्तित्वलाई सम्मान गर्न पाउनु महत्त्वपूर्ण हाे, सबै समयका राजनीतिक परिवर्तनमा सहभागी भएकाहरुलाई प्रजातन्त्र सेनानी संघमा आवद्ध गर्ने व्यवस्था छ,
    नेपाली जनतालाई अधिकार दिलाउने व्यक्तिहरु भएको याे संस्था लाभकाे लागि हैन सम्मानका लागि हाे, त्यागी, निष्ठावान र समर्पित व्यक्तिहरुलाई सम्मान गरेर प्रजातन्त्र सेनानी संघमा आवद्ध गर्नुपर्छ।” उहाँले भन्नुभयो ।
    उहाँले प्रजातन्त्रका लागि दुख गरेका व्यक्तिहरुकाे सम्मान गर्दै समयसापेक्ष भएको परिवर्तनलाई हामीले आत्मसात गर्नुपर्छ भन्नुभयो ।
    उहाँले वहुमतीय प्रणालीमा संख्याकाे भूमिका महत्त्वपूर्ण हुने भएकोले राजनीतिक स्थायित्व र स्थिरता दिनका लागि जनताको माग अनुसार पहिलाे र  दाेस्राे दल मिल्नु परेको कुरा विर्सनु हुँदैन भन्नुभयो ।
    पूर्वमन्त्री एव नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ओमकार प्रसाद श्रेष्ठले पुराना र पाका राजनीतिक मानिसकाे याेगदानले हामीले धेरै परिवर्तन पाएका छाैं भन्नुभयाे ।
    “लामाे समयदेखि हामी राजनीतिमा छाैं, हामीले ६९ वर्ष राजनीतिमा भाेगेकाे दुख अहिलेकाे पुस्ताले बुझ्दैन, हामीले अतुलनीय कष्टकर दु:ख भाेग्नु पर्याे,२०२९ सालदेखि ललितपुरमा मैले संगठन बनाउन लागेकाे हुँ ।” उहाँले भन्नुभयो ।
    क्रियाशील सदस्यता पाएकाे चार दिनमै मैले केही काम पाइनँ भन्नेहरुबाट मात्रै पार्टीसंगठन बलियाे हुन सक्दैन भन्नुहुँदै उहाँले पार्टीमा नयाँ पुस्ता पनि आवश्यक छ, तर पुरानाकाे याेगदान विर्सिएर नयाँ संगठन चलायमान हुन सक्दैन भन्नुभयाे ।
    उहाँले सरकारले के गरिरहेको छ भन्ने कुरा जनताले थाहा पाउने गरि काम गर्न सुझाव दिनुभयाे ।
    “उपप्रधानमन्त्री प्रकाशमानजी जन्मेकाे सालबाटै मैले राजनीति सुरु गरेको हुँ,अहिलेसम्म उहाँकाे हातबाट दुई पटक सम्मानित हुन पाँए, मेराे अनुभवकाे आधारमा पनि तपाईंहरुले देखिनेगरी काम किन हुन सकेन भनेर खाेज्नुपर्छ।” उहाँले भन्नुभयाे।
    उहाँले सरकारसंग समन्वय गर्ने नाममा हस्तक्षेप गर्नेखालकाे संयन्त्र बनाइनु नहुने बताउनुभयाे।
    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजंग बस्नेत, गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन लगायत विशिष्ट व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियोे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT