Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारराजकुमार सहित दर्जनौं नेताले जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश

    राजकुमार सहित दर्जनौं नेताले जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश


    काठमाडौं, २ फागुन । जनमत पार्टीका नेता राजकुमार साह सहित दर्जनौं नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । रौतहटको क्षेत्र नं. १ का अध्यक्ष एवं यमुनामाई गाउँपालिकाको मेयर प्रत्यासी साह सहितका नेताहरु आज आजपामा प्रवेश गरेका हुन् ।

    आजपा संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ले साहलाई पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । चुनावी छलफल एवं भेटघाटका क्रममा रौतहटको विभिन्न गाउँमा पुगिरहेका त्रिभुवनले सोही क्रममा जनमत पार्टी परित्याग गरेका राजकुमारलाई पार्टी प्रवेश गराएका हुन् ।

    आजपा प्रवेश गर्दै राजकुमारले उम्मेदवार त्रिभुवनलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विजयी बनाउने अभियानको कमाण्ड सम्हाल्ने र विजयी निश्चित गराउन सबैमा अपिल समेत गरे ।

    सिस्टम सुधार र स्थिर सरकारका साथै आजपा नै समृद्धिको आधार भएको बताउदै राजकुमारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र हाईज्याकरलाई पहिचान गरी बहिष्कार गर्नुपर्ने र जेनजीको माग पुरा गराउन मोबाइल छापमा मतदान गर्नुपर्ने सबैमा आग्रह गरेका छन् ।

    रौतहट–१ का उम्मेदवार त्रिभुवनले आजै झिटकैया, सरउठा लगायतका गाउँमा चुनावी छलफल, भेटघाट गरेका छन् । भ्रष्टाचारी, लुटेरा, दलाल, जेनजी हत्यारा र हाईज्याकरलाई पहिचान गर्दै समृद्ध रौतहट र समृद्ध नेपाल निर्माणका लागि मोवाइलमा मतदान गर्नुपर्ने बताए ।

    यसैगरी जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्ने राजकुमार सहितका नेताहरुलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गर्दै मोवाइल छापका उम्मेदवारलाई बिजयी बनाउने अभियानमा लाग्न शुभकामना व्यक्त गरेका छन् । पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्नेको लहर चलेको आजपा संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साहले जनाएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय…

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं

    Techie IT