रसुवा–भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक
काठमाडौं । सरकारले निर्णय गरे अनुसार आज भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा राष्ट्रिय शोक मनाइदैछ । मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी तथा गैरसरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा–भोटेकोसी बाढीमा हालसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ । फेला परेका शवमध्ये ५३० पुरुष र ३२८ महिला छन् भने ४९५ शवको अझै पहिचान हुन सकेको छैन ।
आइतबार सार्वजनिक गरिएको विवरणअनुसार मृतकमध्ये ९८ जनाको सनाखत भएको छ ।
बाढीमा ४ हजार ८९६ जना अझै बेपत्ता छन् । सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ४ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस