Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचाररसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ

    रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ


    काठमाण्डौं / भदौ १५ रसुवास्थित भोटेकोशी नदिमा भदौ १० गते आएको बाढीमा कतै तपाईको आफन्तहरु त पर्नु भएको छैन ? आफन्तहरु हराई रहेका तथा भेट्टिएका शवहरु कतै आफ्नो मान्छेको हो कि भनेर खोजिरहनु भएको छ ? खोज्दा खोज्दा हैरान हुनुभएको र यो पीडामाथि झन पीडा परिरहेको हुनसक्छ । यो समस्यालाई केही सहजीकरण गर्न र भेट्टिएका शवहरु मध्ये पहिचान नखुलेका शवहरुको, पहिचान गरि तपाईलाई खबर गरि जानकारी दिने निशुल्क एप्प तयार भएको छ ।
    त्यो एप्प हो khozi.facetagr.com । अनुहारको पहिचान अर्थात फेसियल रिक्नाइजेशनबाट पहिचान गर्न यो एप्प तयार भएको हो । यो एप्प खोलेर तपाईले आफ्नो परिचय सहित हराइरहेको ब्यक्ति जीवित हुदाँ आफ्नोको फोटो अपलोड गर्नुपर्ने हुन्छ । सो फोटो र भेट्टिएका शवको अनुहार वा शरिरका भागहरु स्क्रानिङ गरेर यो एप्पले वास्तविक को हो भन्ने पत्ता लगाइदिन्छ । प्रविधिको क्षेत्रमा लामो समय अमेरिकामा बसेर काम गरेर समिर पन्थी सहितको टोलीले यो तयार गरि निशुल्क रुपमा खोजीमा सहयोग गर्ने गरेको छ । शवहरुको पहिचान नखुलेको भनी राखिएका र गाड्न ठिक्क पारेका मध्ये १० वटा भन्दा बढी शवको पहिचान गरेर सम्वन्धित आफन्तलाई खबर गरिएको यसका सन्चालक समिर पन्थीले जानकारी दिए । उनका अनुसार- प्रविधिको प्रयोग गरेर हराईरहेका ब्यक्तिहरुको खोजि गर्न र भेट्टिएका शव कसको हो भनी पहिचान गरि आफन्तसम्म पुर्याउने उद्देश्यले निशुल्क यो एप्प सन्चालनमा ल्याइएको हो । यसले सरकार र नागरिकवीच सहयोग पुर्याउने र यो विपदमा थोरै भएपनि हराइरहेका ब्यक्तिका परिवारलाई सहयोग मिलोस् भन्ने उद्देश्य रहेको छ ।
    ९०७ जनाको शब अहिलेसम्म भेट्टिएको छ । तर धेरैको पहिचान खुल्न सकेको छैन । पहिचान खुल्न नसकेका शवहरुको देवघाटको जंगलमा डिएनएको लागि छुट्याएर गाड्ने तयारी गरिएको छ । हजारौं ब्यक्ति आफ्नो आफन्त हराइरहेको बारे विभिन्न निकायमा धाउने देखि चितवन हुदै रसुवासम्म पुगेर खोजिरहेका छन् । यस्तो कठिन अवस्थामा आफ्नो आफन्तको सके सास देउ नभए लाश देउ सरकार ! भनिरहेको बेला शवको पहिचान भए परिवार वा आफन्तलाई आफ्नो रितिरिवाज अनुसार सदगज गर्न पाउने थिए । यसको लागि यो एप्सले निकै सहयोग पुर्याउने विश्वास लिइएको छ । भोटेकोशी बाढीमा परि करिव ५ हजार ब्यक्ति हराइरहेको सरकारी तथ्याङ रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT